२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीद्वारा सुदूरपश्चिमलाई २४८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २ सय ४८ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनायो ।

बागमतीका ओपनर आशुतोष घिरैयाले अर्धशतकीय ईनिङ खेले । उनले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन बनाए ।

कप्तान रित गौतमले ४४, अशोक पौडेलले ३१, रविन जोशीले २४, विपिन आचार्यले १२, सुर्य तामाङले ९, प्रतिश जि.सीले १७ र ईशान पाण्डेले २ रन थप्दा सोनु देवकोटा २८ रनमा नट आउट रहे ।

सुदूरका शेर मल्ल र नारायण जोशीले समान तीन तीन विकेट लिए । विकाश आग्रीले दुई विकेट लिँदा मिलन बोहराले एक विकेट लिए ।