२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं मेयर कप क्रिकेट : एपिएफ क्लबसामु १७८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । काठमाडौैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सामु जितका लागि १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी क्रिकेट मैदानमा एपिएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको हो । 

काठमाडौं मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७७ रन बनायो । काठमाडौँ मेयर ११ का लागि सन्दीप रजालीले ४८, हरिशङ्कर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाउनुभयो । बलिङतर्फ एपिएफका अविनाश बोहरा र कमलसिंह ऐरीले तीन–तीन तथा वसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले एक–एक विकेट लिनुभयो ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल भइरहेको छ । वाग्मतीले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । वाग्मतीले ४६ ओभरमा सात विकेटको क्षतिमा २४४ रन बनाएको छ । वाग्मती प्रदेशबाट खेलिरहनुभएका पारस खड्काले शतकीय पारी खेल्नुभयो । खड्काले १३३ बल खेल्दै ११९ रन बनाउनुभयो । उहाँले यस क्रममा दुई छक्का र ११ चौका प्रहार गर्नुभयो । रासस