३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले फेरि विभाजित हुने अवस्था कल्पना पनि गर्न सक्दैनौं : भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले फेरि विभाजित हुने अवस्था नआउने बताएका छन् । बिहीवार बसेको एमालेको  नेपाल-खनाल समूहको अनौपचारिक भेलापछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष रावलले नेकपा एमाले फेरि विभाजित हुने अवस्था कल्पना पनि गर्न नसकिने बताएका हुन् ।

'नेकपा एमाले फेरि विभाजित हुने अवस्था कल्पना पनि गर्न सक्दैनौं,' उनले भने, 'नेकपा माओवादी केन्द्रलाई पनि विभाजन गरिदिने, एमाले पनि विभाजन गरिदिने र नेपाललाई बाह्य शक्तिको खेलमैदान बनाउने, संविधानलाई पनि समाप्त गर्ने खेलको विरुद्धमा हामी छौं, उनले भने ।'

रावलले केपी शर्मा ओलीको बदलामा अर्को प्रधानमन्त्रीको खोजी नहुने बताएका छन् ।  आफुहरुले केही नीतिगत छलफल गरेपनि अर्को प्रधानमन्त्रीको खोजी नभएको बताएका हुन् । 

'हामीले केही नीतिगत छलफल मात्र गरेका हौँ,' उनले भने, 'अर्को प्रधानमन्त्रीको खोजी भएको छैन ।'

रावल आज बसेको भेललाई गूटगत या समूहगत भेला भन्न नमिल्ने समेत दाबी गरे । 'यो समूहगत भेला होइन । बालुवाटारमा पनि नियमितजस्तो भेटघाट चलिरहेका छन्, कसरी अघि बढ्ने भन्ने रणनीति तय भएको छ । हामीले पनि त्यही गरेका हौँ।'