• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

पोखरा विमानस्थलबाट हुने उडान बढ्दो



पोखरा । पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखराका सन् २०२३ मा नौ लाख ५७ हजार हवाई यात्रु रहेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताउनुभयो । “यी यात्रुमध्ये झन्डै एक लाख २५ हजार विदेशी यात्रु पनि रहेका छन् । पुरानो विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या पनि बढेको पाइएको छ,” उहाँले भन्नुभयो । पोखरा–मुग्लिङ विस्तारका क्रममा रहेको राजमार्गका कारण पनि यात्रुले हवाई यात्रा रोज्दा विमानस्थलले छिटो गरी गति लिन पाएको रेग्मीको भनाइ छ ।

गत वर्ष माघमा भएको हवाई दुर्घटनापछि करिब केही महिना प्रभावित बने पनि बिस्तारै गति लिँदै गएको उहाँले सुनाउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सबेरै र बेलुकी अबरेसम्म पनि उडान भइरहेका छन् । “अन्तर्राष्ट्रिय विमानस्थल भएकै कारणले बिहान सबेरै र राति अबेरसम्म उडान सञ्चालन गर्न मिलेको छ । पुरानो विमानस्थलबाट दिउँसो ४स्३० बजेपछि उडान हुँदैनथ्यो तर अहिले रातिसम्म उडान हुन्छ । रात्रिकालीन उडानका लागि पनि अहिले सहज भएको छ । यसले यात्रु सङ्ख्या बढाउन सघाएको छ,” उहाँले भन्नुभयो ।

पोखरा–काठमाडौँबाहेक पोखराबाट नेपालगन्ज, भैरहवा, भरतपुरलगायतका गन्तव्यमा पनि उडान भएका छन् । सन् २०२२ मा पोखराका हवाई यात्रुको सङ्ख्या आठ लाख ८३ हजार ५३६ थियो । ती हवाई यात्रुमध्ये ८१ हजार १७६ जना विदेशी थिए । गोरखापत्र दैनिकमा सन्तोष सुवेदीले खबर लेखेका छन् ।