• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

अमेरिका र बेलायतद्वारा यमनमा हुथी शिविरमा हवाई आक्रमण शुरु



एजेन्सी । युएस–ब्रिटिश गठबन्धनले मध्यरातमा यमनको राजधानी र अन्य प्रान्तहरूमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले मंगलवार बताएको छ ।

आक्रमणले पूर्वी सानाको अल–हफा शिविर र उत्तरमा अल–दयलामी एयर बेसलाई निशाना बनाएको थियो । उनीहरूले मध्य प्रान्त अल–बायदाको शहर राडा र दक्षिणपश्चिमी प्रान्त ताइजको मकबानाह क्षेत्रमा पनि आक्रमण गरेका थिए । बिष्फोट शक्तिशाली भएको र त्यसको आवाज शहरभर सुनिएको स्थानीयले बताएका छन् ।

हुथीहरूले सोमवार अडेनको खाडीमा रहेको अमेरिकी सैन्य जहाजमा मिसाइल हमला गरेको र प्रत्यक्ष प्रहार गरेको दाबी गरेको केही घण्टापछि यो हमला भएको हो । अमेरिकी पक्षले कथित आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन ।

लाल सागरमा रहेको अमेरिका–बेलायत सामुद्रिक गठबन्धनले यमनका विभिन्न उत्तरी प्रान्तहरूमा हुथी शिविरहरूमा धेरै हवाई आक्रमण गरेको छ ।