२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र बेलायतद्वारा यमनमा हुथी शिविरमा हवाई आक्रमण शुरु



अ+ अ-

एजेन्सी । युएस–ब्रिटिश गठबन्धनले मध्यरातमा यमनको राजधानी र अन्य प्रान्तहरूमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले मंगलवार बताएको छ ।

आक्रमणले पूर्वी सानाको अल–हफा शिविर र उत्तरमा अल–दयलामी एयर बेसलाई निशाना बनाएको थियो । उनीहरूले मध्य प्रान्त अल–बायदाको शहर राडा र दक्षिणपश्चिमी प्रान्त ताइजको मकबानाह क्षेत्रमा पनि आक्रमण गरेका थिए । बिष्फोट शक्तिशाली भएको र त्यसको आवाज शहरभर सुनिएको स्थानीयले बताएका छन् ।

हुथीहरूले सोमवार अडेनको खाडीमा रहेको अमेरिकी सैन्य जहाजमा मिसाइल हमला गरेको र प्रत्यक्ष प्रहार गरेको दाबी गरेको केही घण्टापछि यो हमला भएको हो । अमेरिकी पक्षले कथित आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन ।

लाल सागरमा रहेको अमेरिका–बेलायत सामुद्रिक गठबन्धनले यमनका विभिन्न उत्तरी प्रान्तहरूमा हुथी शिविरहरूमा धेरै हवाई आक्रमण गरेको छ ।