१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा

गायिका एलिना चौहानको प्रश्न- सस्तो लोकप्रियता र केहि डलर आउने लोभका कति यातना दिनुहुन्छ ?

गायिका एलिना चौहानको प्रश्न- सस्तो लोकप्रियता र केहि डलर आउने लोभका कति यातना दिनुहुन्छ ?
अ अ+ अ-

नमस्कार, अझै कोहि छुट्नु भएको छ मेरो समाचार बनाउन कि सबैले खोजी पत्रकारीताको बिट मारी सक्नु भयो ?

म मान्छु कि म सार्वजनिक व्यक्तित्व भित्र पर्छु तरपनि मेरो व्यक्तिगत जिवन छ र त्यसलाई गोप्य राख्न चाहाने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसंग मात्र छ । थाहा छ धेरैले मेरो धेरै भन्दा धेरै कुराहरु थाहा पाउन चाहानुहुन्छ तर यो भन्दैमा संचारकर्मीहरुले मेरो ईच्छा बिना अथवा सहि समयको पर्खाई बिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रुपमा पीडा दिनु भएन ।

के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ?  के कसैलाई मैले बनाउन लगाएको हो ?

कोहि सामान्य गफ गरेको भरमा मलाई नसोधि मेरो ईच्छा बिना समाचार बनाउँछन् । कोहि मैले देशलाई नै घात पुर्योउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन् र फेरी त्यहि समाचार अनुसार मेरा पुराना टिकटमा रोयर अपलोड गरेका गितहरुको भिडियो प्रयोग गरेर भिडियो समाचार बनाउँछन् ।

मानौ मेरो पीडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन मानौ मेरो स्थिति दर्शाउन खोजेका हुन । थोरै लाज शरम भन्ने कुरा त हुनुपर्छ एक नाम चलेको मिडिया हाउसहरुसंग । मानवता र संवेदनशिल्ता त राख्नु पर्छ, हैन र ? बिछोड धोका जस्ता शब्दहरु भनेकै पीडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नौलो कुरा गरे र त्यो कुरा सारा नेपालिले थाहा पाउनु पर्छ र रमाउनु पर्छ ।

म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु, कति तयार छु यी सबै कुराको लागी , यो सामान्य कुरा त हजुरहरुले सोचिदिनु भएको भए हुने । मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफै सहि समयमा ल्याउने थिए यसरी हजुरहरुले खोजी पत्रकारिता गरेर समय बर्वाद गर्नु पर्थेन । थाहा छ हजुरको यो पत्रकारिताको धर्मले मलाई कति असर गरेको छ ? अनुमान लगाउन सक्नु हुन्छ यस्ले मेरो मानसपटमा कति हानि पुर्योएको छ ?

के पाउनुभयो यो समाचार बनाएर वा यसरी बनाएर ? न देशले केहि पायो न केहि गुमायो शिवाय हजुरहरुको सस्तो लोकप्रियता र केहि डलर अनि मलाई गहिरो चोट ।

हजुरहरुको खोजि पत्रकारिताले मैले भोगेका दुःख, पीडा, अपमान किन देख्दैन ? थाहा छ कलाकारहरुले हरेक पाईलामा कति अपमान सहजु परेको हुन्छ ?अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनियो नत्र उहाँहरुले चाहे सम्म गाएको गाएकै गर्न निर्देश गरीयो, हाम्रै संगीत क्षेत्रको अभिभावकले ।

त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दुव्र्यबहार गर्ने खोज्यो र मैले त्यस्को तुरुन्त प्रतिकार गरे । यो आयोजकको गल्ति हैन र ? यस्ता कुरामा सजक हुने पर्ने हैन र ?

अरुपनि धेरै छन् जस्मा संचारकर्मीहरुले सानो कलम चलाईदिँदा सभ्य समाजको निर्माण हुन सक्छ । जस्ले गर्दा कालाकार देशको गहना हो भनेझै सहि सम्मान पाउन सक्छन् ।

अरु त अरु भए मैले नजिकबाट चिनेका र साथीझै सम्बन्ध भएका संचारकर्मीहरुलेपनि मलाई यसरी मानसिक पीडा दिन केहि कसुर छाड्नु भएन । जसरी हुन्छ आफ्नो कन्टेन्ट बिकाउनु छ सबैलाई चाहे त्यसले अरुलाई जतिसुकै पिडा किन नपुर्याओस ।

सारंसमा भन्न चाहान्छु, म यो समाचारको हेडलाईन बन्न तयार थिईन र यो मेरो ईच्छा बिरुद्ध हो, खेद प्रकट छ ।

धन्यवाद

गायिका एलिना चौहानको फेसबुकबाट