७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनु नयाँ युगको प्रवेशः श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनुलाई नयाँ युगको प्रवेशका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

सामेवार जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख बढी दियो बाल्न कार्यक्रममा सहभागिता जनाउँदै यस्तो बताउनुभएको हो । उहाँले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठालाई विश्वका हिन्दु धर्मालम्बीहरुको लागि ठूलो पर्व भएको बताउनु भयो ।

उहाँले राम मन्दिरको प्राण प्रतिष्ठाले विश्वभरका भगवान श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएको बताउनु भयो । उहाँले भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट शुरुवात भएको भन्दै दुई देशको सम्बन्धलाई कसैले व्याख्या गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गरेको दिनलाई नयाँ युगको प्रवेशको रुपमा लिएका छौ । हामी हिन्दु धर्मालम्वीहरुको लागि ठूलो पर्व हो । यसले विश्वभर नै भगवान श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएका छन् । भारत र नेपालबीचको रोटीबेटीको सम्बन्ध भन्छौं । नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट सम्बन्ध कायम भएको थियो । दुई देशको यो सम्बन्धलाई सकैले ब्याख्या गर्न सक्दैन ।

भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरुको लागि ठूलो उत्सवको रुपमा लिएका छन् । गाउँ–गाउँ आन्दोलित र आन्नदित पनि भएका छन् । भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले जुन अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरुलाई एउटै मालामा ल्याउन सफल हुनु भएको छ । विश्व भाइचारको लागि पनि आजको दिनले नयाँ विगुल ल्याउने अपेक्षा छ ।’

उहाँले भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरुले ठूलो उत्सवका रुपमा लिएको बताउनु भयो । उहाँले गाउँघरहरु सबै आन्नदित भएको पनि बताउनु भयो । उहाँले भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरुलाई एउटै मालामा ल्याउन सफल भएको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल