२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनु नयाँ युगको प्रवेशः श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनुलाई नयाँ युगको प्रवेशका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

सामेवार जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख बढी दियो बाल्न कार्यक्रममा सहभागिता जनाउँदै यस्तो बताउनुभएको हो । उहाँले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठालाई विश्वका हिन्दु धर्मालम्बीहरुको लागि ठूलो पर्व भएको बताउनु भयो ।

उहाँले राम मन्दिरको प्राण प्रतिष्ठाले विश्वभरका भगवान श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएको बताउनु भयो । उहाँले भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट शुरुवात भएको भन्दै दुई देशको सम्बन्धलाई कसैले व्याख्या गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गरेको दिनलाई नयाँ युगको प्रवेशको रुपमा लिएका छौ । हामी हिन्दु धर्मालम्वीहरुको लागि ठूलो पर्व हो । यसले विश्वभर नै भगवान श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएका छन् । भारत र नेपालबीचको रोटीबेटीको सम्बन्ध भन्छौं । नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट सम्बन्ध कायम भएको थियो । दुई देशको यो सम्बन्धलाई सकैले ब्याख्या गर्न सक्दैन ।

भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरुको लागि ठूलो उत्सवको रुपमा लिएका छन् । गाउँ–गाउँ आन्दोलित र आन्नदित पनि भएका छन् । भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले जुन अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरुलाई एउटै मालामा ल्याउन सफल हुनु भएको छ । विश्व भाइचारको लागि पनि आजको दिनले नयाँ विगुल ल्याउने अपेक्षा छ ।’

उहाँले भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरुले ठूलो उत्सवका रुपमा लिएको बताउनु भयो । उहाँले गाउँघरहरु सबै आन्नदित भएको पनि बताउनु भयो । उहाँले भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरुलाई एउटै मालामा ल्याउन सफल भएको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल