• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ

मृत्युदण्ड दिइएको २१ वर्षपछि निर्दोष करार



एजेन्सी । बलात्कार र हत्याको आरोपमा २१ वर्षअघि मृत्युदण्ड दिइएका एक जना चिनियाँ पुरुष अहिले आएर निर्दोष सावित भएका छन्। हेवेइ प्रान्तको सिजियाझुआंगमा एक जना महिलाको हत्या गरेको अभियोगमा सन् १९९५ मा निय सुविन नामक २० वर्षीय युवकलाई फायरिंग स्क्वाडले मृत्युदण्ड दिएको थियो।

शुक्रबार चिनियाँ सर्वोच्च अदालतले नियको मुद्दामा पेस गरिएका सबुद प्रमाणहरू अस्पष्ट र अपुग भएको निर्णय गरेको छ। उक्त अपराधबाट नियको नाम अलग्याउन विगत दुई दशकदेखि अभियान चलाउँदै आएका उनको परिवारले सो निर्णयपछि आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन्। ११ वर्षअघि अर्का एक जना पुरुषले पनि सो अपराधमा आफ्नो पनि संलग्नता नरहेको बताएका थिए।

तर पछि उनको दाबीलाई सरकारी पक्षले अस्वीकार गरेको थियो। चिनियाँ अदालतहरूले दिने मुद्दाको निर्णय ९९ प्रतिशतभन्दा बढी सही र अकाट्य हुने गर्दछ। मृत्युदण्ड दिइएको व्यक्तिहरूको आधिकारिक तथ्यांक चीन सरकारले सार्वजनिक गर्ने गरेको छैन।

तर प्रत्येक वर्ष हजारौं व्यक्तिलाई मृत्युदण्ड दिइने गरेको विश्वास गरिन्छ। मानव अधिकारवादी समूहहरूले अभियोग लगाइएका व्यक्तिहरूलाई यातना र दबाब दिएर अपराध कबुल गराउने गरिएको आरोप लगाउने गरेका छन्।

यसअघि सन् २०१४ मा पनि भित्री मंगोलियाका एक जना किशोरलाई बलात्कार र हत्याको आरोपमा मृत्युदण्ड दिइएको १८ वर्षपछि निर्दोष करार दिइएको थियो। क्षतिपूर्तिबापत ती किशोरका परिवारलाई ४ हजार ८ सय ५० अमेरिकी डलर दिइएको थियो भने सो मुद्दा हेर्न २७ जना अधिकारीलाई पछि कारबाही गरिएको थियो।