९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्युदण्ड दिइएको २१ वर्षपछि निर्दोष करार



अ+ अ-

एजेन्सी । बलात्कार र हत्याको आरोपमा २१ वर्षअघि मृत्युदण्ड दिइएका एक जना चिनियाँ पुरुष अहिले आएर निर्दोष सावित भएका छन्। हेवेइ प्रान्तको सिजियाझुआंगमा एक जना महिलाको हत्या गरेको अभियोगमा सन् १९९५ मा निय सुविन नामक २० वर्षीय युवकलाई फायरिंग स्क्वाडले मृत्युदण्ड दिएको थियो।

शुक्रबार चिनियाँ सर्वोच्च अदालतले नियको मुद्दामा पेस गरिएका सबुद प्रमाणहरू अस्पष्ट र अपुग भएको निर्णय गरेको छ। उक्त अपराधबाट नियको नाम अलग्याउन विगत दुई दशकदेखि अभियान चलाउँदै आएका उनको परिवारले सो निर्णयपछि आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन्। ११ वर्षअघि अर्का एक जना पुरुषले पनि सो अपराधमा आफ्नो पनि संलग्नता नरहेको बताएका थिए।

तर पछि उनको दाबीलाई सरकारी पक्षले अस्वीकार गरेको थियो। चिनियाँ अदालतहरूले दिने मुद्दाको निर्णय ९९ प्रतिशतभन्दा बढी सही र अकाट्य हुने गर्दछ। मृत्युदण्ड दिइएको व्यक्तिहरूको आधिकारिक तथ्यांक चीन सरकारले सार्वजनिक गर्ने गरेको छैन।

तर प्रत्येक वर्ष हजारौं व्यक्तिलाई मृत्युदण्ड दिइने गरेको विश्वास गरिन्छ। मानव अधिकारवादी समूहहरूले अभियोग लगाइएका व्यक्तिहरूलाई यातना र दबाब दिएर अपराध कबुल गराउने गरिएको आरोप लगाउने गरेका छन्।

यसअघि सन् २०१४ मा पनि भित्री मंगोलियाका एक जना किशोरलाई बलात्कार र हत्याको आरोपमा मृत्युदण्ड दिइएको १८ वर्षपछि निर्दोष करार दिइएको थियो। क्षतिपूर्तिबापत ती किशोरका परिवारलाई ४ हजार ८ सय ५० अमेरिकी डलर दिइएको थियो भने सो मुद्दा हेर्न २७ जना अधिकारीलाई पछि कारबाही गरिएको थियो।