६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत

दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेका छन् । प्रधानमन्त्री दाहालले संसद् सचिवालयलाई विश्वासको मतको तयारी गर्नसमेत संसद् सचिवालयलाई भनिसकेका छन् । प्रधानमन्त्रीको गठबन्धनबाट नेकपा एमाले र जनता समाजवादी पार्टी बाहिरिएपछि उनी अल्पमतमा परेका छन् । तर विश्वासको मतको दम्भ भने उनले पालिरहेका छन् ।

गत बुधबार नेकपा एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएर आफ्ना सबै ८ जना मन्त्रीलाई राजीनामा गराइसकेको छ । एमालेले समर्थन फिर्ता लिएपछि दाहाल अल्पमतमा परिसकेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनाएर सरकार बनाउने सहमति भइसकेको छ । यी दुई दलसँग करिब दुई तिहाई सांसद छन् । तर आफ्ना सीमित सांसद संख्या बोकेर प्रधानमन्त्री दाहाल संसद्बाट विश्वासको मत लिने उद्घोष गरिरहेका छन् ।

नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७९ सांसद विपक्षीमा हुँदा प्रधानमन्त्रीले विश्वासको मत नपाउने स्पष्ट छ । त्यसमाथि जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसमेत कांग्रेस–एमाले गठबन्धनसँग नजिक छन् । यसले गर्दा अहिलेसम्म नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद मात्र दाहाललाई विश्वासको मत दिने पक्षमा छन् ।

तर प्रधानमन्त्रीले विश्वासको मत सामना गर्ने अडान छोडेनन् । यसअघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भेटेर दाहालई राजीनामा दिन सुझाइसकेका छन् । तर पनिसंविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने अडानमा उनी छन् ।

एमालेसँग नयाँ समीकरणका लागि सहमत कांग्रेस पदाधिकारी बैठकले पनि नयाँ सरकार बनाउने प्रकृया सुरु भएको जानकारी दिँदै मार्ग प्रशस्त गर्न दाहाललाई औपचारिक रुपमै आग्रह गरेको थियो । एमाले र कांग्रेस दुवैको दबाबबीच दाहालले सरकार गठनलाई संविधानको धारा ७६ (३) मा पुर्‍याएर केपी ओलीलाई रोक्ने योजनामा छन् । यदि उपधारा ३ मा पुगे अबको प्रधानमन्त्री संसद्को ठूलो दल कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा हुने छन् । त्यहीकारण उनी विश्वासको मतमा पुगेर ओलीलाई संवैधानिक समस्यामा पार्ने तयारीमा लागेका हुन् ।

तर कोशी प्रदेशमा एकै धाराको प्रयोग गरेर पटक–पटक सरकार बनेको नजिर कांग्रेस–एमालेसँग छ । त्यहीकारण संविधानको धारा ७६ (२) बाट ओली प्रधानमन्त्री हुन सक्ने तर्क दुई दलका नेताले गरिरहेका छन् । तर प्रधानमन्त्री दाहाल धारा ७६ को उपधारा २ को सरकारले विश्वासको मत नपाएपछि उपधारा ३ बमोजिम सरकार बनाउने बाटो खोलिदिन विश्वासको मत लिने योजनामा छन् ।

प्रधानमन्त्री दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नराम्रोसँग धोका दिएको भन्दै आक्रोसित छन् । दाहाल कुनै पनि हालतमा ओली प्रधानमन्त्री नहुन भन्ने चाहन्छन् । ओलीलाई रोक्न कांग्रेसलाई नै सरकारको नेतृत्व गर्नसमेत उनले आग्रह गरिसकेका छन् । कांग्रेसका केही नेताहरुसँग उनी अहिले पनि नियमित सम्पर्कमा छन् । सभापति देउवालाई प्रधानमन्त्री बने आफू निसर्त सहयोग गर्न तयार रहेको सन्देश पठाइरहेका छन् । तर देउवा अडानबाट टसमस छैनन् । एमालेसँगको समीकरणअनुसार नै सरकार बनाउने भन्दै देउवाले दाहालको कुरा नै सुन्न चाहेका छैनन् ।

दाहाल हाल ३२ सिटसहित प्रतिनिधिसभामा छन् । ८८ सिटको कांग्रेस र ७९ सिटको एमालेलाई साथमा लिएर उनले पालैपालो सरकारको नेतृत्व गरिरहेका छन् । उनले तेस्रो कार्यकालको एक वर्ष छ महिना सरकारमा रहँदा नयाँ–पुराना सबै दलसँग उठबस गरिसकेका छन् । उनले ठूला दुई दल कांग्रेस र एमालेलाई पटकपटक धोका दिएका छन् । त्यसले गर्दा पनि दाहालको कुरा दुवै दलले सुन्न छाडेका छन् । अहिले आफूसँग सीमित संख्यामा सांसद रहे पनि दाहालले विश्वासको मतको रटान लगाउनु ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने नीति नै हो भन्नलाई दुईमत देखिँदैन । ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न नसके पनि विश्वासको मत लिने दिन संसद्मा चर्को भाषण गर्ने र त्यसको आडमा जनताको सहानुभूति बटुल्ने योजनामा दाहाल देखिन्छन् ।