५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सर्वसाधारण भन्छन्ः धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ

सर्वसाधारण भन्छन्ः धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ
अ+ अ-

काठमाडौँ । सरकारले सर्वसाधारणका लागि आजदेखि सःशुल्क रुपमा धरहरा खुला गरेसँगै मानिसहरुको भीड बढेको छ । परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आजदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चड्नेको भीड लागेको हो ।

सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र सार्क बाहेकका विदेशी पर्यटकहरुलाई १ हजार शुल्कसहित धरहरा खोलेको हो ।

धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने छन् । सरकारले धरहरा व्यवसायीक रुपमा संचालन गर्नु स्वागतयोग्य भएपनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणको गुनासो छ ।

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिएको भन्दै ज्येष्ठ नागरिक भने हर्षित भएका छन् । आईतवार न्युज एजेन्सी नेपालसँग धरहरा चढ्न पाउँदाको अनुभव सुनाउँदै कोभ्रकी विष्णुमाया गिरीले खुशी व्यक्त गर्नुभयो ।

आफू सानो हुँदा काठमाडौंको बानेश्वर र कोटेश्वरमा केही घर मात्र रहेको सम्झिँदै उहाँले भन्नुभयो, ‘पहिले त बानेश्वर र कोटेश्वरमा दुईचार घर थिए । आज धरहराबाट हेरेको त यत्रो मानिस बसेका रैछन् ।

पैतला टेक्ने ठाउँ नै छैन । पाँचतले घरसम्म चाहीँ पुगेको थिए । आज पहिलोपटक अग्लो घर चढ्न पाएँ । धरहरा चढ्न भनेर पाँच चोटि आइसके । जेठदेखि आउन थालेको आज बल्ल चढ्न मिल्यो ।’

आयआर्जनका लागि सरकारसँग धेरै विकल्प रहेको बताउँदै उहाँले धरहरालाई व्यवसायका रुपमा चलाउन नहुने बताउनु भयो । त्यस्तै नवलपुरकी सुनिता सापकोटाले सरकारले कम शुल्क तोकेको खण्डमा अझै धेरै सर्वसाधारण चढ्न पाउँने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो पटक धरहरा चढेको रमाइलो अनुभव भइरहेको छ । तर, सरकारले धेरै नै शुल्क तोकेकोमा नरमाइलो समेत लागिरहेको छ । सबैले त पैसा तिर्न सक्नुहुन्न नि । त्यहि भएर यो रेट चाहीँ कम गरिदिनुपर्यो । छुट दियो भने अझै धेरै मानिसहरु आएर चढ्न पाउनुहुन्छ नि त’

२०७२ सालको भूकम्पमा भत्केको धरहराभन्दा पुनर्निर्माण गरिएको धरहरा अझ व्यवस्थित रहेको सर्वसाधारणको अनुभव छ ।