• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

एनआरएनएबाट टी–२० विश्वकपमा सहभागी नेपाली खेलाडीहरुलाई आर्थिक सहयोग हस्तान्तरण



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । त्यसका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको बुझाइ छ । साथै पारसले क्यान समक्ष धेरै चुनौतिहरु रहेको उल्लेख समेत गरेका छन् । नेपाल क्रिकेटका संरचनालाई बलियो बनाउनु काम गरिरहेको बताउँदै पूर्वक्रिकेटर पारसले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्नेसमेत विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले खेलको जित मात्रै नभई क्रिकेट कल्चरलाई विकास गर्नुपर्ने धारणा राख्नुभएको छ । थोरै लगानीबाट पनि नेपालले धेरै राम्रो गर्दै यहाँसम्म आइपुगेको उहाँको भनाई छ । उहाँले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेको समेत औंल्याउनु भयो ।

अर्का पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले अहिलेसम्म नेपालसँग राम्रो अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नरहनु दुःखद् पक्ष रहेको उल्लेख गर्दै एनआरएनएले खुला मनले सहयोग गरेमा नेपाली क्रिकेट उचाईमा पुग्न सहयोग मिल्ने धारणा राख्नुभयो ।

सो कार्यक्रममा एनआरएनएले ट्वान्टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि क्यानलाई हौसला स्वरूप १० लाख रुपैयाँ सहयोग पनि गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ मा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गरेका हुन् ।

क्यानका सचिव पारस, पूर्वकप्तान विनोद, क्यानका सदस्य सुदिप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको थियो । एनआरएनएका सचिव पारसमणी पोखरेलले क्यानका सचिव खड्कालाई टोकन अफ लभ दिएका थिए ।