१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल

अत्यधिक हिमपातले यसरी प्रभावित भएको छ अमेरिकाको जनजीवन

अत्यधिक हिमपातले यसरी प्रभावित भएको छ अमेरिकाको जनजीवन
अ अ+ अ-

न्यूयोर्क । अमेरिकाका कतिपय स्थानमा हावाहुरीका कारण जनजीवन अस्तव्यस्त समेत भएको छ भने कतै बाक्लो हिउँ परेका कारण सयौं उडान रद्द भएका छन् । यसका साथै हावाहुरीले यस क्षेत्रको विद्युत् आपूर्तिमा पनि असर गरेको छ ।

यस वर्ष अधिक हिमपात भएको बताइएको छ र यसबाट विद्युत् समेत कटौती हुने क्रम बढेको छ । धेरैजसो ठाउँमा तापक्रम शून्यभन्दा तल झरेपछि लाखौं अमेरिकीहरूले ज्यादै चिसोको सामना गर्नु परेको छ ।

न्यूयोर्क बफेलोमा २ फिटसम्म हिमपात भएको छ । उच्च हावा, हिउँ र बरफ मिसिएको वर्षाले रूखहरू र विजुलीका पोलहरु ढालेका पनि देखिएको छ । अमेरिकाको मेरिल्याण्ड, न्यूयोर्क, डिसी, नर्थक्यारोलिना आयोवा कोलोराडो, कनेक्टिकट, जर्जिया, ओक्लाहोमा, टेक्सस, वेस्ट भर्जिनिया, विस्कनसिन लगायतका राज्यमा हिमपातले जनजिबन अस्तव्यस्त बनाएको छ।

हिमपातका कारण सडक दुर्घटना समेत बढेको बताइएको छ भने राज्य संयन्त्रले सुचना जारी गर्दै सवारी साधन चलाउँदा सावधानी अपनाउन अनुरोध गरेका छन् । यहाँका मुख्य राजमार्गहरुमा हिमपातका कारण दुर्घटना भएका गाडीहरु सडकको दायाँबायाँ प्रशस्तै देख्न पाईन्छ । बाटोमा हिउँ पन्छाउने डोजरहरु कुदिरहेका देख्न सकिन्छ भने सर्वसाधारण मानिसहरु छिटफुट बाहेक बाहिर निस्किएका छैनन् । व्यक्तिहरुले आफ्नो घर अगाडि हिउँ पगाल्न नुन खन्याई रहेको देखिन्छ ।

 

 

लामो समयदेखि न्यूयोर्कको बफेलोमा बस्दै आउनुभएका नेपाली लोकनाथ अधिकारीका अनुसार हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । सडकमा सबारी साधनहरु फसेका देखिएको छ । अधिकारीले भन्नुभयो, बढ्दो चिसोका कारण बिजुली बत्तिमा अबरोध भएको छ भने पानीका पाईपहरु फुटेर पानी आपूर्तिमा पनि अवरोध उत्पन्न भएको छ ।

यसैगरी अमेरिकाको एक प्रमुख पर्यटकीय स्थल नायग्रा फल्स पनि हिउँले ढाकेको छ । सोही स्थानमा व्यवसाय गर्दै आउनुभएका रघु भट्टराईका अनुसार यतिबेला यो पर्यटकीय क्षेत्रमा शुन्यता छाएको छ । मानिसहरु त्यहाँ पुग्न नसकेपछि यो पर्यटकीय स्थालमा पनि चहल पहल ठप्प छ ।

भट्टराईका अनुसार नायग्राको झरना तल खस्न नपाउँदै जम्ने गरेको छ । सडक पनि हिउँले ढाकेको हुँदा त्यहाँसम्म नै मानिसहरु पुग्न सकेका छैनन् । साथै यहाँ बसोबास गर्दै आएका मानिसहरु पनि अत्यावश्यक काम बाहेक बाहिर निस्कन सकेका छैनन् ।