२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर वडा टेबलटेनिसलाई गंगादेवी वस्त्रालयको साथ



अ+ अ-

काठमाडौं । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा हुने भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई गंगादेवी वस्त्रालयले सह–प्रायोजन गर्ने भएको छ । उक्त आयोजनाको लागि सम्झौता पत्रमा स्पिनका अध्यक्ष सुमन शाक्य र वस्त्रालयका प्रोप्राइटर निम जोशीले आइतबार आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार वस्त्रालयले आयोजकलाई ५ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउने छ । कुल लागत १९ लाख ५० हजारमा वस्त्रालयले ३० प्रतिशत रकम उपलब्ध गराउन लागेको हो । यसअघि आयोजकले मुख्य प्रायोजकका रुपमा भ्याली कन्स्ट्रकसनसंग सम्झौता गरिसकेको छ । भ्यालीले आयोजकलाई ९ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने छ ।

सोही अवसरमा डिएचएस स्पोर्ट्स नेपालले प्रतियोगिताका लागि अफिसियल बल प्रदान गर्ने पनि जानकारी दिइयो । डिएचएसका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक एवं प्राविधिक निर्देशक विनोद शाक्यलाई बल हस्तान्तरण गरेको छ ।

टेबलटेनिस प्रतियोगिता सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ । प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता रहने छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी हुने छन् । पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । 

पुरुष/महिला सिंगल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिताको अवसर पाउने छैनन् । भेट्रानमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । उक्त प्रतियोगिता चैत ७ गतेसम्म चल्ने छ ।