२५ श्रावण २०८३, सोमबार
,
Latest
पाल्पामा पिकअप जिप ११० मिटर तल खस्दा १० जना घाइते शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा ५४ अङ्कको वृद्धि, कारोबार रकम आठ अर्ब माथि



अ+ अ-

काठमाडौँ । यो महिना बैंकहरुले कर्जाको ब्याजदर थप घटाएसँगै शेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ ।

आज तीन सय चार कम्पनीको दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर एक लाख ३३ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय छ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका सबै सूचक तथा उपसूचकहरु हरियो देखिएका छन् । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ३८, फ्लोट इन्डेक्स दुई दशमलव ७२ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ५९ प्रतिशतले बढेको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै वित्त समूहको उपसूचक चार दशमलव ७५ र लगानी समूहको उपसूचक तीन दशमलव ७० प्रतिशतले बढेका छन् ।

पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । आज सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बन्ड २०८७ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २८ करोड ३१ लाख ५५ हजार आठ सय दुई बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ५० हजार एक सय ३४ कित्ता शेयर किनबेच भएको छ ।