२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोभिडबाट १ करोड १४ लाख भन्दा बढी सङ्क्रमित, २ लाख ७८ हजारको मृत्यु



अ+ अ-

काठमाडौं । ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । यहाँ अहिलेसम्म यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २ लाख ७८ हजार २२९ जनाको ज्यान गएको छ । 

आइतबार दिइएको समाचारअनुसार यो सङ्क्रमणबाट गएको २४ घन्टायता मात्र ४३ हजार जनाभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । त्यसैगरी गएको २४ घन्टामा मात्र यो सङ्क्रमणबाट एक हजार १२७ जनाको ज्यान गएको छ । यसरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ ।