२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: सुजनको शतकमा पुलिसलाई १ सय ६७ रनको मध्यम लक्ष्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुजन थपलियाको उत्कृष्ट शतकमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १ सय ६७ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा अलआउट हुँदै १ सय ६६ रन बनायो । कोशीका मध्यक्रमका ब्याटर सुजन थपलियाले सानदार शतकीय इनिङ खेले । उनले १ सय २६ बलमा ६ चौका र ८ छक्कासहित १ सय ५ रन बनाए ।

सुजन बाहेक कोशीका अन्य कुनै ब्याटरले राम्रो खेल्न सकेनन् । ३७–२ को अवस्थाबाट लगातार विकेट गुमाउँदा कोशी २४.३ ओभरमा ६४–७ को अवस्थामा पुगेको थियो । त्यसपछि अभ्यास तिमिशिनाले आठौं विकेटका लागि सुजनसँग ९९ रनको साझेदारी गरेका थिए । अभ्यासले २३ रन बनाए । अंकित सुवेदी १०, मिनाश थापा २ र फिर्दोस अन्सारी ९ रनमा आउट भए ।

पुलिसको लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिदा कुशल भुर्तेल, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।