२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: सुजनको शतकमा पुलिसलाई १ सय ६७ रनको मध्यम लक्ष्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुजन थपलियाको उत्कृष्ट शतकमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १ सय ६७ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा अलआउट हुँदै १ सय ६६ रन बनायो । कोशीका मध्यक्रमका ब्याटर सुजन थपलियाले सानदार शतकीय इनिङ खेले । उनले १ सय २६ बलमा ६ चौका र ८ छक्कासहित १ सय ५ रन बनाए ।

सुजन बाहेक कोशीका अन्य कुनै ब्याटरले राम्रो खेल्न सकेनन् । ३७–२ को अवस्थाबाट लगातार विकेट गुमाउँदा कोशी २४.३ ओभरमा ६४–७ को अवस्थामा पुगेको थियो । त्यसपछि अभ्यास तिमिशिनाले आठौं विकेटका लागि सुजनसँग ९९ रनको साझेदारी गरेका थिए । अभ्यासले २३ रन बनाए । अंकित सुवेदी १०, मिनाश थापा २ र फिर्दोस अन्सारी ९ रनमा आउट भए ।

पुलिसको लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिदा कुशल भुर्तेल, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।