३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मोबाइलमा डार्क मोड राख्नुको फाइदाहरु !

मोबाइलमा डार्क मोड राख्नुको फाइदाहरु !
अ+ अ-

एजेन्सी । राति सुत्नु अगाडि र बिहान आँखा खुल्नासाथै मोबाइल हेर्ने बानी अहिलेका प्रायः सबै मानिसमा हुन्छ । यस्तोमा लगातार फोनको चकिलो स्क्रिन हेर्दा थाकेको हाम्रो आँखाका लागि पछिल्लो समय आएको नयाँ ‘डार्क मोड’ फिचर बरदान सरह साबित हुन सक्छ । आँखालाई फाइदा पुर्याउनुका साथै यसले मोबाइलको ब्याट्रीलाई समेत लामो आयु प्रदान गर्न सक्ने प्राविधिक विद्हरुको दाबी छ ।

यति मात्र नभएर डार्क मोडले हामीलाई फोन कम चलाउनमा समेत मद्दत गर्न सक्ने बताइएको छ । सबै अवस्थामा उपलब्ध नभएपनि अहिलेका नयाँ एप र फोनहरुमा डार्क मोड अन गर्न सकिन्छ । विशेषगरी लामो समयसम्म प्रयोग गरिरहनुपर्ने एपहरुले धेरै अगाडि नै डार्क मोड फिचर अपनाइसकेका थिए जस्तै भिडियो एडिटर, एडोब र ट्वीटरले २०१६ देखि नै डार्क मोड अपनाएको हो । केही समय अगाडि मात्र लोकप्रिय सामाजिक संजाल इन्स्टाग्राम र युट्युबमा समेत यो फिचर जारी गरिएको छ ।

यसरी कसैले दिनभर फोन नचलाउने भएपनि सुत्नु अगाडि अँध्यारोमा केही समय त मोबाइल खोलेर हेर्ने नै गरेको हुन्छ जुन हाम्रो आँखाका लागि अत्यन्तै घातक साबित हुन सक्ने चिकित्सकहरुले पहिले देखि बताउँदै आएका छन् । आँखालाई तनाव हुनुका साथै रातिको समयमा चकिलो स्क्रिन हेर्नुले हाम्रो निद्रा चक्रलाई समेत अवरोध गर्न सक्छ र अनिद्रा लगायतको समस्या उत्पन्न गराउँछ । स्टेट युनिभर्सिटी अफ न्युयोर्क कलेजका प्रोफेसर डाक्टर मार्क रोजेनफिल्डका अनुसार मान्छेले फोन चलाउँदा मोबाइललाई आँखाबाबट कम्तीमा पनि १६ इन्च टाढा राख्नुपर्छ ताकि हाम्रो आँखालाई फोकस गर्न धेरै दबाब नहोस् । 

त्यस्तै अत्याधिक चकिलो स्क्रिनले पनि आँखालाई धेरै हानि पुर्याउने हुँदा सुत्नु अगाडि सकेसम्म डार्क मोड नै अपनाउन उनले सुझाव दिएका हुन् । यसका साथै डार्क मोडले हाम्रो ब्याट्रीलाई पनि कम खर्च गराउँछ भने धेरै ब्राइट स्क्रिन राख्नुले चार्ज छिटै सकिने समस्या हुन्छ । विन्डोज टेनका प्रयोगकर्ताले ‘सेटिङमा गएर पर्सनलाइजेसनमा गइ, कलर्समा डार्क मोड स्वीच’ गर्न सक्छन् । 

त्यस्तै सामसुङ, पिक्सेल, एप्प्ल लगायत विभिन्न कम्पनीका पछिल्ला डिभाइसमा पनि डार्क मोडको फिचर उपलब्ध रहेको छ भने एन्ड्रोइडका लेटेस्ट फोनमा पनि यो सेवा छ । यसबाहेक किताबहरु पढ्न मिल्ने एपहरुमा पनि डार्क मोड हुने गर्दछ । प्राविधिक विश्लेषकहरुले मान्छेको बढ्दो स्क्रिन समयको नकारात्मक प्रभाव रोक्न डार्कमोड उपयुक्त समाधान भएकाले अबका धेरै भन्दा धेरै एपहरुले यस्तो फिचर समावेश गर्ने बताएका छन् ।