३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान हाशमीले किने भारतको सबैभन्दा महँगो कार



अ+ अ-

एजेन्सी । फिल्म टाइगर ३ को सफलतापछि इमरान हाशमीले आफूलाई लग्जरी उपहार दिएका छन् । यो उपहार भारतको सबैभन्दा महँगो रोल्स रोयस कार हो, जसको हालको मूल्य १२ करोड २५ लाख भारु छ ।

रिपोर्टका अनुसार, ४४वर्षीय इमरान हाश्मीले जनवरी ११ मा रोल्स रोयस घोस्ट ब्ल्याक बेज किनेका थिए, जुन उनले जनवरी १२ मा डेलिभरी गरे । कार पाएपछि इमरान मुम्बईमा आफ्नो नयाँ कारमा देखिएका थिए ।

टाइगर ३ का अभिनेता इमरान हाशमीलाई लग्जरी कार मनपर्छ । उनको कार संग्रहमा लगभग सबै लक्जरी कारहरू छन् । उनको कलेक्सनमा २ करोड ३० लाख रुपैयाँको मर्सिडिज मेब्याक एस ५६० छ । ३ करोड ७९ लाखको ल्याम्बोर्गिनी हुराकान, १ करोड ५८ लाखको अडी ए८, २ करोड ४१ लाखको ल्यान्ड रोभर रेन्ज रोभर भोग र २ करोड ८० लाखको ल्याम्बोर्गिनी ग्यालार्डो पनि उनीसँग छ ।

इमरान हाश्मी गत वर्ष दुई फिल्म सेल्फी र टाइगर ३ मा देखिएका थिए । अहिले उनको खातामा तमिल फिल्म ओजी छ । अहिले यो चलचित्रको छायांकन चलिरहेको छ ।

२०२३ मा रिलिज भएको फिल्म टाइगर ३ मा इमरान हाशमीले आईएसआई जनरल आतिश रहमानको शक्तिशाली भूमिका निभाएका थिए । अब उनी छिट्टै फिल्म ‘डन–३’ मा खलनायकको भूमिकामा देखिने खबर बाहिर आएको छ ।

फिल्म डन–३ मा रणवीर सिंह मुख्य भूमिकामा देखिनेछन् जसको साथमा इमरान नकारात्मक भूमिकामा देखिनेछन् । यद्यपी यसबारे निर्माता वा इमरानबाट कुनै आधिकारिक पुष्टि भएको छैन ।