१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक



अ+ अ-

काठमाडौं । रसुवागढी क्षेत्रमा आएको बाढीबाट भएको क्षति र उद्धार तथा राहतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको आकस्मिक बैठक बस्ने भएको छ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो ३ बजे सचिवालयको आकस्मिक बैठक बोलाइएको हो।

बैठकमा रसुवागढी क्षेत्रमा बाढीबाट भएको जनधनको क्षति, प्रभावितको उद्धार तथा राहत, खोजी कार्य र आगामी दिनमा पार्टीका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा छलफल हुने बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा राज्यका निकायसँगको समन्वयमा उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा आवश्यक निर्णय हुन सक्ने जनाइएको छ।