१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक



अ+ अ-

काठमाडौं । रसुवागढी क्षेत्रमा आएको बाढीबाट भएको क्षति र उद्धार तथा राहतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको आकस्मिक बैठक बस्ने भएको छ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो ३ बजे सचिवालयको आकस्मिक बैठक बोलाइएको हो।

बैठकमा रसुवागढी क्षेत्रमा बाढीबाट भएको जनधनको क्षति, प्रभावितको उद्धार तथा राहत, खोजी कार्य र आगामी दिनमा पार्टीका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा छलफल हुने बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा राज्यका निकायसँगको समन्वयमा उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा आवश्यक निर्णय हुन सक्ने जनाइएको छ।




भर्खरै