१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीबाट ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका नेता–कार्यकर्ता तथा स्वयंसेवकलाई निर्देशन दिएका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत भोटेकोशी र त्रिशूली नदीमा बाढीको बहाव बढेको भन्दै रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अपिल गरेका छन्।

विपद्को यस घडीमा पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोगका लागि तयारी अवस्थामा रहन उनले आग्रह गरेका छन्।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “सतर्क र सुरक्षित रहौँ।”

उनले बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको उल्लेख गर्दै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन्।

त्यस्तै, पार्टीका नेता–कार्यकर्ता, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन ओलीले आग्रह गरेका छन्।