३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार

रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार
अ+ अ-

काठमाडौँ । भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितहरुको उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाइएको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत हालसम्म १२ जनाको उद्धार गरेको जनाएको छ ।

सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो । प्रभावितहरुको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरिएको छ ।

बाढीबाट घाइते भएकाहरुको उपचारका लागि काठमाडौँका विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, स्काउट, लायन्सलगायतका संघसंस्थासँग समन्वय भइरहेको छ । वीर अस्पताल र ट्रमा सेन्टरमा घाइतेका लागि १०० शय्या छुट्याइएको छ ।

प्रभावित क्षेत्रमा उपचारका लागि ट्रमा सेन्टरबाट ६ जना चिकित्सक र २ जना नर्स प्रस्थान गरिसकेका छन् । नेपाल स्काउटबाट पाँच जना चिकित्सक र नौ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा छन् । स्वास्थ्य सेवा विभागले आवश्यक औषधिसमेत प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले प्रभावित क्षेत्रमा एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा १५ वटा टेन्ट पठाउने तयारी गरेको छ ।

यसैगरी, प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङका खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ । नेपाल टेलिकम र एनसेलले प्रभावितका लागि निःशुल्क डाटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराएका छन् ।

आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।