• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने

नेपाल पक्षले पार्टी फुटाएकै हुन् : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “एकढंगले पार्टी फुटाईएको थियो । अध्यक्ष निस्कासन गरिएको थियो । महासचिव निस्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाईएको थियो । कहाँबाट हटाएको हो ? बाटाबाट हटाएको । उहाँहरु पद्धति, विधि अनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुराईदिनुहुन्छ । बाटैमा पद्धति पुराईदिनुहुन्छ । बाटैमा विधान पुराईदिनुहुन्छ । बाटैबाटैबाट अध्यक्ष हटाईदिनुभयो । बाटैबाटैबाट दलको नेता हटाईदिनुभयो । बाटैबाटैबाट दलको उपनेता हटाईदिनुभयो । बाटैबाटैबाट अनेक आदेश फरमानहरु ……म त कति विचरा भएको हुँला हेर्नुहोस् त ? म त साधारण सदस्यताबाट पनि निष्कासित । तपाईहरु त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित । बाटैबाटैको विधि पद्धति अनुसार । ”