६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो !

चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो !
फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संसद्मा स्पष्टरुपमा अल्पमतमा परिसकेको देखिँदा पनि सत्तामै बस्ने चलखेल गर्न थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता यात्रा टाढिन थालेको छ । प्रधानमन्त्री दाहाल अहिले पनि आफ्नै पक्षमा बहुमत पुर्‍याउन सकिन्छ कि भनेर कसरत गरिरहेका छन् ।

राजीनामा दिन भनेर बिहीबार बालुवाटार पुगेका रास्वपा मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालले विश्वासको मत लिनेबेलासम्म पर्खन आग्रह गरे । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्यालसहितका नेताहरू राजीनामा दिन भनेर बिहीबार बालुवाटार पुगेका थिए । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने समयसम्म साथ दिन आग्रह गरेपछि राजीनामा पत्र खल्तीमै राखेर फर्किएका थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेले सत्तामा सहकार्य गर्ने सहमति गरेपछि दुवै दलले प्रधानमन्त्री दाहाललाई मार्गप्रसस्त गर्न आग्रह गर्दै आएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिनेवित्तिकै दाहाल अल्पमतमा परेका छन् । अल्पमतमा परेको अवस्था र संसद्मा बहुमत कायम गर्न सक्ने आधार नहुँदा उनले राजीनामा दिनुपर्ने हो । यदि राजीनामा नदिने हो भने अब प्रधानमन्त्री दाहालले साउन १७ गतेसम्म विश्वासको मत लिनुपर्छ । तर त्यसको आधार छैन ।

त्यति हुँदाहुँदै पनि प्रधानमन्त्री दाहालले चलखेल गर्ने प्रयासमै लागेका छन् । उनले गठबन्धनका अरु दलहरुसँग छलफल गरिरहेका छन् । तत्काल समर्थन फिर्ता नलिन र आफू विश्वासको मतको सामना गर्ने भएकाले त्यसबेलासम्म पर्खन उनले आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालको आग्रहमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले साथ दिइसकेका छन् ।

प्रधानमन्त्री दाहालले संसद्को सामना गर्ने नाममा भित्रभित्रै कांग्रेस र एमालेबीचको गठबन्धन तोड्ने गृहकार्यमा लागेका छन् । सके आफैं प्रधानमन्त्री बन्ने र नभए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उनले प्रयास थालेका छन् । त्यसका लागि नेपाली कांग्रेसका केही नेताहरुसँग नियमित सम्पर्कमा रहेको बताइएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ चाहिन्छ । दाहालसँग अहिलेसम्म माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) गरेर ७० सांसद छन् । जबकी उनको विकल्पमा नयाँ सरकार गठन गर्न सहमत भएका कांग्रेस (८८) र एमाले (७९) सँग १६७ अर्थात प्रष्ट बहुमत छ । प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ सांसदको समर्थन चाहिन्छ ।

तर प्रधानमन्त्री राजीनामा दिने पक्षमा छैनन् । ‘संसदको अंकगणित हाम्रो पक्षमा छैन भन्ने थाहा छ, तर संसद फेस गर्ने प्रधानमन्त्रीको अधिकार हो’, भन्दै अहिले ३० दिन समय घर्काउने र त्यो बीचमा केही चलखेल गर्ने रणनीति प्रधानमन्त्रीको छ ।

सरकार ढालेर आफूलाई अठ्यारोमा पार्ने केपी शर्मा ओलीलाई किन सजिलो बनाएर फुत्त हिँड्ने भन्ने पक्षमा दाहाल छन् । ओलीले आफूलाई नराम्रोसँग झुक्याएको अनुभूति उनलाई भएको छ ।

१५ असारमा कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट पुगेपछि झस्किएका उनले भोलिपल्टै ओलीलाई भेटेका थिए । रास्वपा सभापति रवि लामिछानेलाई समेत भेटमा संलग्न गराए, जहाँ ओलीले यही गठबन्धनलाई निरन्तरता दिने आश्वस्त बनाए । तर कांग्रेस र एमालेबीच सहमति हुन लागेको सूचना आइरहेपछि भोलिपल्ट ओलीसँग झण्डै तीन घण्टा लामो छलफल गरे ।

त्यो छलफलमा उनले एमाले र माओवादीको सहकार्यलाई पार्टी एकतासम्म लैजाने कुरा गरे । सरकारले गर्ने राजनीतिक नियुक्तिहरुमा पनि ओलीको चासो सम्बोधन, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा समेट्ने वचन दिए । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास भएपछि (५/७ महिनापछि) यही गठबन्धनबाटै सरकारको नेतृत्व पनि लिन ओलीलाई आग्रह गरे ।

जे गरे पनि सँगै गर्ने वचन लेनदेन गर्दै ओलीसँग छुटेका दाहाल आफ्नो सरकारले निरन्तरता पाउनेमा ढुक्क भए । मन्त्रिपरिषद्मा त्यही ब्रिफिङ गरे । तर त्यति राती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिमा हस्ताक्षर भयो । यसले प्रधानमन्त्री दाहाललाई नराम्ररी झस्क्यायो । त्यसैले उनी एमाले अध्यक्ष ओलीलाई सजिलै प्रधानमन्त्री बन्न दिने पक्षमा छैनन् । सके आफ्नो सरकारलाई निरन्तरता दिन चाहन्छन्, नभए कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनुन् भन्ने चाहेका छन् ।