२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्याण्डका राष्ट्रपतिले जेलमा रहेका पूर्वमन्त्रीहरूलाई फेरि माफी दिने



अ+ अ-

एजेन्सी । पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले जेलमा रहेका पूर्वमन्त्री मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई पुनः माफी दिनुहुने भएको छ । राष्ट्रपति डुडाले उनीहरुलाई दोस्रो पटक माफी दिन लाग्नुभएको हो । उनीहरू शक्तिको दुरुपयोगको गरेकोमा दोषी ठहरिएका थिए ।

मार्च २०१५ मा, मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई २००७ मा भ्रष्टाचार गरेको ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, नोभेम्बर २०१५ मा कानून र न्याय (पीआईएस) पार्टी सत्तामा आएपछि डुडाले कामिन्स्कीलाई आन्तरिक मन्त्री बन्न अनुमति दिएर उनीहरू दुवैलाई माफी दिनुभएको थियो ।

जुन २०२३ मा मुद्दा डकेटमा फर्कियो र त्यही वर्षको डिसेम्बरमा कामिन्स्की र वासिकलाई सोही मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो । बिहीबार कामिन्स्की र वासिकका पत्नीहरूसँग भेट गरेपछि डुडाले उनीहरुको अनुरोधमा दुवै पीआईएस राजनीतिज्ञहरूको लागि माफीको कार्यवाही शुरु गर्ने निर्णय गर्नुभएको हो ।