११ श्रावण २०८३, सोमबार
,
Latest
बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्याण्डका राष्ट्रपतिले जेलमा रहेका पूर्वमन्त्रीहरूलाई फेरि माफी दिने



अ+ अ-

एजेन्सी । पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले जेलमा रहेका पूर्वमन्त्री मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई पुनः माफी दिनुहुने भएको छ । राष्ट्रपति डुडाले उनीहरुलाई दोस्रो पटक माफी दिन लाग्नुभएको हो । उनीहरू शक्तिको दुरुपयोगको गरेकोमा दोषी ठहरिएका थिए ।

मार्च २०१५ मा, मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई २००७ मा भ्रष्टाचार गरेको ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, नोभेम्बर २०१५ मा कानून र न्याय (पीआईएस) पार्टी सत्तामा आएपछि डुडाले कामिन्स्कीलाई आन्तरिक मन्त्री बन्न अनुमति दिएर उनीहरू दुवैलाई माफी दिनुभएको थियो ।

जुन २०२३ मा मुद्दा डकेटमा फर्कियो र त्यही वर्षको डिसेम्बरमा कामिन्स्की र वासिकलाई सोही मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो । बिहीबार कामिन्स्की र वासिकका पत्नीहरूसँग भेट गरेपछि डुडाले उनीहरुको अनुरोधमा दुवै पीआईएस राजनीतिज्ञहरूको लागि माफीको कार्यवाही शुरु गर्ने निर्णय गर्नुभएको हो ।