• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

‘यो जुनीमा तिम्रो’ मा आकाशको अंगालोमा वर्षा



काठमाडौं । ‘यो जुनीमा तिम्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो एनपी म्यूजिक हवबाट गरिएको हो ।

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउतले अभिनय गरेको उक्त भिडियोमा छवि न्यौपाने र मेलिना राईको स्वर रहेको छ । त्यसैगरी गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत रहेको छ । भिडियोमा सम्पादन भने रुपेश खड्काको रहेको छ र छायांकन बुद्ध थापाको छ । 

निकेश खड्का निर्देशित भिडियोमा विवाह गर्ने उमेर पुगेका प्रेमी प्रेमिकाले भोग्नुपर्ने मिलन र विछोडको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।