२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन: प्रधानमन्त्री नेतन्याहू



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु
अ+ अ-

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गर्नुभएको हो ।

नेतन्याहूले भन्नुभयो, “इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।”

उहाँले गाजामा इजरायलले गरेको बमबारी हमासका लडाकूहरुलाई लक्षित गरी गरिएको र हामीले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै यस्तो गरिरहेको बताउनुभएको छ ।

नेतन्याहूले भन्नुभयो, “इजरायली सेनाले नागरिक हताहत कम गर्न सक्दो प्रयास गरिरहेको छ भने हमासले प्यालेस्टिनी नागरिकलाई मानव ढालको रूपमा प्रयोग गरेर उनीहरूलाई अधिकतम बलियो बनाउन सक्दो प्रयास गरिरहेको छ ।

“हाम्रो लक्ष्य गाजालाई हमासका ‘आतङ्ककारी’ लडाकूहरूबाट मुक्त गर्नु र हाम्रा बन्धकहरूलाई मुक्त गर्नु हो,” उहाँले भन्नुभयो ।

अक्टोबर ७ मा हमासले अचानक आक्रमण सुरु गरेयता सयौं हमास लडाकू र गाजावासीले दक्षिणी समुदायमा आक्रमण गर्दा प्रारम्भिक आक्रमणमा ७९० सर्वसाधारणसहित इजरायलमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।

हमासले २५३ जनालाई बन्धक बनाएको थियो भने गाजामा १३२ जना अझै पनि रहेका छन् ।

यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्यु हुनेको सङ्ख्या २३ हजार ३५७ पुगेको र गाजाको २३ लाख जनसङ्ख्यामध्ये करिब १९ लाख विस्थापित भएको जनाएको छ । रासस