२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन: प्रधानमन्त्री नेतन्याहू



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु
अ+ अ-

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गर्नुभएको हो ।

नेतन्याहूले भन्नुभयो, “इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।”

उहाँले गाजामा इजरायलले गरेको बमबारी हमासका लडाकूहरुलाई लक्षित गरी गरिएको र हामीले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै यस्तो गरिरहेको बताउनुभएको छ ।

नेतन्याहूले भन्नुभयो, “इजरायली सेनाले नागरिक हताहत कम गर्न सक्दो प्रयास गरिरहेको छ भने हमासले प्यालेस्टिनी नागरिकलाई मानव ढालको रूपमा प्रयोग गरेर उनीहरूलाई अधिकतम बलियो बनाउन सक्दो प्रयास गरिरहेको छ ।

“हाम्रो लक्ष्य गाजालाई हमासका ‘आतङ्ककारी’ लडाकूहरूबाट मुक्त गर्नु र हाम्रा बन्धकहरूलाई मुक्त गर्नु हो,” उहाँले भन्नुभयो ।

अक्टोबर ७ मा हमासले अचानक आक्रमण सुरु गरेयता सयौं हमास लडाकू र गाजावासीले दक्षिणी समुदायमा आक्रमण गर्दा प्रारम्भिक आक्रमणमा ७९० सर्वसाधारणसहित इजरायलमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।

हमासले २५३ जनालाई बन्धक बनाएको थियो भने गाजामा १३२ जना अझै पनि रहेका छन् ।

यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्यु हुनेको सङ्ख्या २३ हजार ३५७ पुगेको र गाजाको २३ लाख जनसङ्ख्यामध्ये करिब १९ लाख विस्थापित भएको जनाएको छ । रासस




भर्खरै