पेरिस । रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा क्वार्टरफाइनलको यात्रा तय गरेको छ । स्पेनी महारथी रियलले एटलान्टालाई अन्तिम १६ को दोस्रो लेगमा ३–१ ले हराउँदै समग्रमा ४–१ को अग्रता लिन सफल रह्यो ।
पछिल्ला तीन सिजनमा रियल अन्तिम आठमा पुगेको यो पहिलोपल्ट हो ।
उसको पछिल्लो जितमा करिम बेन्जेमा, सर्जियो रामोस र मार्को एसेन्सोले एकएक गोल गरे । सिरी ए टिम एटलान्टाका तर्फबाट लुइस मुरियलले एक गोल फर्काए ।