५ मंसिर २०८१, बुधबार
,
Latest
स्वीडेन र नेपालबीच दुईपक्षीय कार्बन व्यापार हुने सरकारसँग एन्फा एकेडेमी घटना पिडित परिवारको मागः ‘क्षतिपूर्ति होईन, हामीलाई न्याय चाहियो’ कांग्रेस–एमालेको गठबन्धन स्वार्थको भागबण्डा, भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जोगाउनको निम्ति बनेको होः कमल थापा नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग स्वामीकार्तिक उपनिर्वाचनः थापा र विकको उम्मेदवारी फिर्ता लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी हुन जरुरी छ : राष्ट्रपति पौडेल नेप्से परिसूचक नौ अङ्कले बढ्यो काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान लोकरिझ्याँईको राजनीति गलत होः मन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले किशोरीहरुको शिक्षासहित मानसिक स्वास्थ्यमा प्रभाव: प्रतिवेदन



अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनले किशोरीहरुको जीवनमा पारेको असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

जलवायु परिवर्तनले किशोरीहरुमा पारेको असर सम्बन्धमा नेपालसहित अस्ट्रेलिया र इण्डोनेसियामा अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

३० जना अध्ययन कर्ता किशोरीहरुले अनुसन्धान गरी तयार पारिएको ‘फर आवर फ्युचर्स: युथ भ्वाइस अन क्लाइमेट जस्टिस एण्ड एजुकशेन’ लाई प्लान इन्टरनेसनले काठमाडौंमा सार्वजनिक गरेको हो । अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनले विकसित देश अस्टे«लियाका किशोरीमा पारेको असर र विकासोन्मुख देश नेपाल र इण्डोनेसियाका किशोरीहरुमा पारेको असरलाई तुलना पनि गरिएको छ । तीन वटै मुलुकका १०/१० जना किशोरीहरु संलग्न रहेको अध्ययनमा सबै वर्ग तहसहित बढी जोखिमयुक्त क्षेत्रका १ सयर ५२ जना नेपाली किशोरीसहित ५ सय जना किशोर किशोरीलाई सहभागी गराइएको थियो ।

अध्ययनले जलवायु परिवर्तनका कारण किशोरीहरुको शिक्षा, स्वास्थ्य र खानपानमा असर परेको देखाएको छ । शिक्षामा परेको प्रभावले दीर्घकालिन रुपमा रोजगारीसँग जोडिएर भविष्यमा नै ठूलो प्रभाव पार्ने अध्ययनमा देखाइएको छ । रोजगारीकै समस्याका कारण पनि किशोरीहरुमा थप मानसिक समस्या निम्त्याउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । प्लान इन्टरनेशनल नेपालका क्याम्पेन प्रमुख लक्ष्मी चौधरीले पिछडिएका क्षेत्रमा अभिभावकहरुले जलवायुजन्य विपद्लाई बहाना बनाएर छोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने गरेको पाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फर आवर पm्युचर रिपोर्ट फर क्लाइमेट जस्टिस रिपोर्ट हो । यसमा इण्डोनेसिया, अस्ट्रेलिया र नेपालका ३० जना युवा रिसर्चरहरु सहभागी हुनुभएको थियो । यसमा जलवायु परिवर्तनको असर विकसित र विकासोन्मुख देशमा के फरक छ ? भन्ने पनि छ । यो रिसर्च किशोरीहरुले आफैँ नै गर्नुभएको हो । नेपालबाट यसमा १५२ जना सहभागी हुनुभएको थियो ।

‘क्लाइमेट परिवर्तनले मलाई असर गरिहरेको छ, मैले लिने गुणस्तरीय शिक्षामा प्रभाव परिहरेको छ र मैले भविष्यमा कस्तो रोजगारी पाउनसक्छु भन्नेकुरा पनि शिक्षामै आधारित भएको कारणले र शिक्षा जलवायु परिवर्तनका कारण बिग्रिरहेको छ त्यसकारणले म चिन्तित छु भनेर ९८ प्रतिशतले भन्नुभएको छ । नेपालको एक अध्ययनले पनि १२ महिनामा यो जलवायु परिवर्तनका कारण करिव ३ महिनाको शिक्षा अवरोध हुन्छ भनेको छ । जलवायु परिवर्तनले असर नगर्ने नेपाल कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ ।’

अध्ययनमा सहभागी ९८ प्रतिशत किशोरीहरुले जलवायु परिवर्तनले आफूहरुको शिक्षामा बढी असर परेको बताएका छन् ।

यसैबीच, अध्ययनमा संलग्न किशोरीहरुले पेन्टिङको माध्यमबाट आफूहरुमा परेको असरबारे उजागर गरेका छन् । प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनीहरुले गरेको पेन्टिङलाई पनि प्रदर्शनीमा राखिएको थियो ।

अध्ययन कर्ता बाँकेकी रहिमान खानले जलवायु परिवर्तनका कारण किशोरीहरुमा परेको असरलाई पेन्टिङका माध्यमबाट देखाइएको बताउनु भयो । उहाँले समाजमा छोरीलाई शिक्षाको अधिकारबाट वञ्चित गराउने प्रयास जारी रहेको बेलामा जलवायुजन्य विपद्ले अभिभावकलाई झनै विद्यालय नपठाउने बहाना मिलेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्टिस्ट पावर भन्ने रिसर्चमा हामी १० जना किशोरी सहभागी भएका छौँ । हामीले आफ्नो आफ्नो ठाउँमा भइरहेको जलवायु परिवर्तनले कसरी किशोरी र किशोरीको शिक्षामा असर गरेको छ भन्नेमा अध्ययन गरेका छौँ । जो हामीले आर्टिस्ट मार्फत व्यक्त गरेका छौँ । हाम्रो समाजमा एक त छोरीलाई विद्यालय नपठाउने प्रचलन त्यो माथि बुबाआमाहरुलाई भूकम्प लगायत, वर्षा, बाढीका कारण विद्यालय नपठाउने बहाना हुन्छ । त्यो नै हामीले देखाउन खोजेका छौँ । क्लाइमेट राम्रो भयो भने हामीले हाम्रो समाजमा पनि राम्रो साथ र सहयोग पाउँछौँ ।’

त्यस्तै अर्की अध्ययनकर्ता सुस्मिता यादवले जलवायु परिवर्तनका कारण निम्तने विशेष अवस्थाबाट किशोरीहरुमा परेको मानसिक असरलाई आफूले चित्रमा उतारेको बताउनु भयो ।

अध्ययनमा बाँके, बर्दिया, सिन्धुली, मकवानपुर, लगायतका किशोरीहरु सहभागी थिए ।

अध्ययन प्रतिवेदनले १० देखि २४ वर्षका किशोरीहरूको शिक्षामा जलवायु परिवर्तनको प्रभावलाई उजागर गरेको छ । युवा अनुसन्धानकर्ताहरूले जलवायु संकटबाट प्रभावित किशोर किशोरीको ९६ तस्बिर, ग्राफिक्स र भिडियो सङ्कलन गरेका छन् । तीमध्ये ५५ तस्बिर नेपालका छन् ।