६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारकर्मी सुरेनको नयाँ गीत “ओई सुवा” युटुबमा सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायक तथा सञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गीत “ओई सुवा” युटुबमा सार्वजानिक भएको छ । गायक भण्डारीको यस अघि पनि थुप्रै हिट गीतहरु बजारमा आइसेकका छन् । सुदुरको चेलो सुरेन देश विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै आएका छन् । बिशेषगरी सुदुरकै परिवेशमा रहेर गीत गर्दै आएका उनले अब भने बजारको माग बमोजिम सबै खाले गीतहरु बजारमा ल्याउने बताएका छन् ।

अहिले आफु सुदुरपश्चिमको कला संस्कृति गीतको माध्यमबाट जोगाउन लागि परेको उनको भनाई छ । आफुले यसरी व्यवसायिक भन्दा पनि आफ्नो भाषा संस्कृतिलाई जोगाउने उद्देश्यले लागि पर्दा पनि कतैबाट साथ सहयोग नपाएकोमा उनले दुखेसो पोखेका छन् ।
 
नजिकको तीर्थ हेला भने जस्तै देशका अन्य विभिन्न ठाउँहरुमा कार्यक्रम हुदाँ सम्झने गरेको तर आफ्ना सुदुर भेगका आयोजकको नजरमा नपर्दा दुःख लाग्ने उनले बताएका छन् ।

बजारमा आएको यस “ओई सुवा” गीतमा शव्द, संगीत एवं स्वर गायक सुरेनकै रहेको छ । गीतको भिडियोमा स्वंय आफु पनि मोडलको रुपमा फिर्चड छन् । उनलाई भिडियोमा मोडल सुस्मीता खड्काले साथ दिएकी छिन् भने म्यूजिक भिडियोको निर्देशन गौरब गिरीले गरेका हुन् ।