• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

‘राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी जिम्मेवारीमा अपनत्व होस्’



काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, नेपाली माटो, नेपाली जनताको जीवन सुरक्षासँग सम्बन्धित महत्वपूर्ण र संवेदनशील विषय भएकाले आ–आफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयन एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षामा उपप्रधानमन्त्री खड्काले सबै मन्त्रालय, नेपाली सेना, अरु सुरक्षा निकाय तथा सरोकारवाला निकाय सबैले पूर्ण स्वामित्व र अपनत्व लिई गम्भीरताका साथ जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो । उक्त कार्ययोजना कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषय एक हप्ताभित्र उपलब्ध गराउन उहाँले ध्यानाकर्षण गराउनुभयो ।

समीक्षामा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीले राष्ट्रिय सुरक्षा नीतिले राष्ट्र र जनतालाई बलियो बनाउने भएकाले नेपाल सरकारका अरू नीति यो नीतिसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने औँल्याउनुभयो । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय तथा नेपाली सेनाको मात्र विषय नभएर सबै मन्त्रालय तथा निकायको साझा जिम्मेवारीको विषय भएकाले सबैको सहयोग र समन्वयमा प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

रक्षा मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत विभिन्न मन्त्रालय तथा निकायका सुरक्षा नीति कार्यान्वयनसम्बद्ध श्रोत व्यक्ति सहभागी हुुनुहुन्थ्यो । रासस