६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातीको मुख हेर्न टुरिस्ट भिसामा जापान गएका विष्ट दम्पतीको जापानमै गयो ज्यान



अ+ अ-

काठमाडौँ । जापानमा कारको ठक्करबाट रुकुम पश्चिमका एक दम्पतीले ज्यान गुमाएका छन् ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ विमैचाका पदम विष्ट र उनकी श्रीमती लालसरी विष्टको शनिबार साँझ मा जापानको उरासो सहरमा निधन भएको हो ।

उक्त सहरको जियोवान सिटीमा जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला विष्ट दम्पतीलाई कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट अचेत अवस्थामा रहेका दुवै जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । तर अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको हो ।

कार चालक ८० वर्षीय एक वृद्धालाई जापानस्थित उरासो प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

विष्ट दम्पती जापानमा बस्दै आएका छोरा बुहारी र नातीलाई भेट्न गत कात्तिकमा ३ महिनाको टुरिस्ट भिसामा जापान गएका थिए ।