• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

ओलीले बोलाए एमाले संसदीय दलको बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । ओलीले संसदीय दलको नेताको हैसियतले बिहीबार  संसदीय दलको बैठक बोलाइएका हुन् । 

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान ११ बजे दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।  

पार्टीमा विवाद उत्पन्न भएका वेला संसदीय दललाई एकढिक्का बनाएर लैजानेतर्फ आफूहरूको ध्यान रहेको उनले बताए । सूर्यचिह्नबाट निर्वाचन जितेका सबैलाई बोलाइएको उनले बताए ।

‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले भने ।