• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo

लिभरपुलसँगको हारसँगै आर्सनल एफए कपको तेस्रो चरणबाटै बाहिरियो



एजेन्सी । आर्सनल एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा लिभरपुलसँग घरेलु मैदान इमिरेट्स स्टेडियममा २–० गोलले पराजित भएपछि आर्सनलको एफए कपको यात्रा समाप्त भएको हो ।

लिभरपुललाई जित दिलाउन लुइस डियाजले एक गोल गरे भने एक गोल उसले उपहारस्वरुप पायो । आर्सनलका जाकुव किविअरले ८० औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा डियाजले गोल थपेका हुन् । जितसँगै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको छ ।