२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यक: डा भट्टराई



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार बनाउन सकिने बताउनुभएको छ ।

सो पार्टीको परराष्ट्र मामिला विभागले आज आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्धाहरु’ विषयक छलफलमा प्रमुख डा भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न आर्थिक कुटनीतिमा केन्द्रित भएर निरन्तर संवाद गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता त कहिले कता झुकाव राख्न नहुने उल्लेख गर्नुहुँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिँडाउनु पर्ने एमालेको नीति रहेको बताउनुभयो । उहाँले भारतसँगका असमान सन्धि असमान र असान्दर्भिक रहेकाले परिमार्जन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम् लाभ लिनुपर्ने पनि उहाँको भनाइ थियो । राष्ट्रियसभाका सदस्य डा अञ्जान शाक्यले बदलिँदो परिवेशमा एमालेको विदेश नीति सुस्पष्ट रहेको बताउनुभयो । रासस