१३ श्रावण २०८२, मंगलवार
July 29, 2025 Tuesday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 23.16

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भवनमा विपक्षी दलको बैठक सुरु



अ+ अ-

काठमाडौँ । बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको अव्हानमा विपक्षी दलको बैठक सुरु भएको हो ।

बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा रणनीति बनाउन विपक्ष दलको बैठक बसेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले संसद् बैठक अवरोध गर्दै आएका छन् ।