• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य १८ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन तोलामा १८ सय रुपैयाँले घटेर एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुृन प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोलामा एक लाख ३६ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।