• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

इजिप्ट र अमेरिकाले बढाए विमानस्थलमा सुरक्षा



एजेन्सी । इजिप्टका नागरिक उड्डयनमन्त्री मोहम्मद अब्बास हेल्मीले अमेरिका र इजिप्टबीच विमानस्थलको सुरक्षा बढाउने सहमति भएको बताउनुभएको छ ।

इजिप्ट र संयुक्त राज्य अमेरिकाबीच उड्डयन सुरक्षाको क्षेत्रमा वृद्धि सहयोग गर्ने सहझदारी पनि भएको छ । बैठकमा दुवै पक्षले इजिप्टका विमानस्थलहरूमा भएका सबै सुरक्षा उपायहरूको समीक्षा गरेका थिए । इजिप्टले भर्खरै आफ्ना एयरपोर्टहरूमा सुरक्षा प्रणालीको दक्षता सुधार गर्न प्रयास गरेको छ ।

अमेरिकी प्रतिनिधिमण्डलले इजिप्टको पक्षसँगको सहयोग र काइरो अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल ३ पुन: डिजाइन गर्न आवश्यक सबै सहयोग र विशेषज्ञताको प्रावधानलाई स्वागत गरेको छ ।