• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित श्रीलंकन नागरिक पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित श्रीलंकन नागरिकलाई पक्राउ गरिएको छ ।

शनिबार राति १२:०५ बजे दुबईबाट काठमाडौँ आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले एक किलो ३०० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

यसबारे विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।