२० पुष २०८१, शनिबार
,
Latest
निजी क्षेत्रको सहभागीतामार्फत् ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो २८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक आजदेखि देशभर एकैसाथ जलपन्छी गणना गरिँदै  भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन – रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् ।

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा एक युवकले ज्यान गुमाएकोप्रति चिन्ता व्यक्त गर्दै सभापति लामिछानेले लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने जनाएका छन् ।

साथै, सभापति लामिछानेले दोषीलाई तुरुन्त करबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन सरकारसँग जोडदार माग समेत गरेका छन् ।

सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ । लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ । यस दुखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु।