• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर

राखेप सदस्य–सचिव घिसिङ र एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउबीच भेटवार्ता भएको छ । भेटका अवसरमा खेलकुदमा गर्न सकिने सहयोग आदान–प्रदानका विषयमा सकरात्मक छलफल भएको थियो ।

सदस्य–सचिव टंकलाल घिसिङले १९ औं एसियाली खेलकुद सफलतापूर्वक आयोजना गर्नुका साथै टिम च्याम्पियन बन्न सफल भएकोमा बधाइ दिदै झेजियाङ प्रदेशले खेलकुद, आर्थिकलगायत विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुशी लागेको बताउनु भयो । सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदमा कसरी सहकार्य गरी अगाडि बढ्ने भन्ने विषयमा खाका तयार गरी पेश गर्ने बताउनु भयो ।

झेङ याउले १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिता उत्साहनजक रहेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

भेटका अवसरमा झेङ याउको नेतृत्वमा आएको ९ सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।