• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

ब्रोडकाष्टिङ न्यूजद्वारा एनएमबि न्यूज ‘एप’ सार्वजनिक



काठमाडौं । नेपाल मल्टिपल ब्रोडकाष्टिङ न्यूज प्रा.लिले एनएमबि न्यूज मोबाइल एप सार्वजनिक गरेको छ । देश तथा विदेशका ताजा लोकप्रिय समाचार पढ्न इच्छुक व्यक्तिहरुलाई लक्षित गर्दै उक्त एप सार्वजनिक गरेको हो । 

करिब ७ महिनादेखि अनलाइन समाचार प्रवाह गर्दै आएको उक्त कम्पनीले समाचार पाठकहरुलाई अझ सजिलो र डिजिटलाइज गर्न मोबाइल एप संचालनमा ल्याएको हो । एन्ड्रोइड मोबाइलका लागि गत पुषमा सार्वजनिक भएको एपलाई प्रयोगकर्ताले राम्रो प्रतिक्रिया दिइरहेका छन् । 

यो एपमा प्रयोगकर्ताले आफ्नो प्रदेश, रुची र प्राथमिकता अनुसार चाहेजस्तै समाचार पढ्न पाउनेछन् । प्रयोगकर्ताको समयलाई थप महत्तव दिदै देश तथा विदेशका मुख्य समाचारहरु तुरुन्त नोटिफिकेसन मार्फत पाउनेछन् । 

साथै पछिल्ला दिनहरुमा कुनै अपडेट आएमा एपमै तुरुन्त अपडेट गर्न सक्नेछन् भने एपको बारेमा प्रतिक्रिया पनि सजिलै दिन सक्नेछन् । एन्ड्रोइडपछि अब आईओएस एप रिलिज गर्ने कम्पनीको तयारी रहेको छ ।