काठमाडौं ।राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । यस अघि अग्नि खरेलले दिनु भएको राजीनामा स्वीकृत गर्दे बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएका हो ।
प्रधानमन्त्री केपी ओली निकट बडाल प्रधानमन्त्रीले चालेका कदमको प्रतिरक्षामा उभिनु भएको थियो । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानूनी सल्लाहकार समेत मानिन्छ ।











