३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा

दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा
अ+ अ-

काठमाडौँ: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यस खण्डमा गरिएको ढलान (कङ्क्रिटिङ) को आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालकाअनुसार दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो ।

३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको र यदी भार नियन्त्रण हुनसके र डिजाइन अनुसारका अन्य मापदण्डहरू पालना भए ४० वर्षसम्मै ढलान टिक्ने उहाँको दाबी छ । जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने उहाँको विश्वास छ । उहाँले सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको जानकारी दिनुभयो । आगामी २० देखि ३० वर्षको सवारी चापको पूर्वानुमान (फोरकास्ट) लाई आधार मानेर दैनिक १२ देखि २० हजार सवारी साधन आवतजावत गर्दा पनि सडकमा कुनै क्षति नपुग्ने गरी यसको निर्माण गरिएको उहाँको भनाइ छ ।

हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिव ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको छ । सडकको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारु भइसकेको ढकालले बताउनु भयो ।

ढकालले भन्नुभयो, ‘हामीले ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेका छौँ । यदि भार नियन्त्रण भयो र डिजाइनअनुसारका अन्य मापदण्डहरू पालना भएमा यो सडक ३० देखि ४० वर्षसम्म टिक्नेछ, जसले गर्दा नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुनेछ । दैनिक १२ देखि २० हजारसम्म सवारी साधन आवतजावत गरे पनि यो सडकलाई केही असर पर्दैन । हामीले आगामी तीन दशकको ट्राफिक फोरकास्टलाई हेरेर नै यो संरचना तयार गरेका हौँ ।’ 
कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलाईको विकल्प रोजेको हो । यससँगै दाउन्ने खण्डमा वर्षेनी हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास सरकारले लिएको छ । –न्युज एजेन्सी नेपाल